Kathmandu Press

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले लिए शपथ

उनलाई आज (शुक्रबार) राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले लिए शपथ

काठमाडौं, माघ २७ : नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनलाई आज (शुक्रबार) राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।

यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट दसौंदी निर्वाचित भएका थिए।

एमालेबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का राजेन्द्रवीर रायलाई पराजित गरेका थिए।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्