सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ
प्रदेश प्रमुखको कार्यालयमा आज (शुक्रबार) दिउँसो आयोजित विशेष समारोहबीच उनले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका हुन्।
धनगढी, माघ २७ : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा आज (शुक्रबार) दिउँसो आयोजित विशेष समारोहबीच उनले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका हुन्।
शाह बिहीबार साँझ संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठुलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार पुस २७ मा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।
उनले राजीनामा बुझाएलगत्तै शाहलाई प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1785310167.jpg)




-1785310167.jpg)

