भारतीय विदेश सचिव फागुन १ गते नेपाल भ्रमणमा आउँदै
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न लागेका हुन्।
काठमाडाैं, माघ २७ : परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा उनीहरूबीच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको छ। दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरतामा यो भ्रमण हुन लागेको हो।
यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ।
भ्रमण पूरा गरी भारतीय विदेश सचिव क्वात्रा फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1785310167.jpg)




-1785310167.jpg)

