Kathmandu Press

देशको आर्थिक अवस्था जटिल मोडमा रहेकोमा चिन्तित छौं : राष्ट्रपति 

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्र समस्याग्रस्त हुँदै गएको र यसको समाधान खोज्नुपर्ने बताएकी हुन् ।
देशको आर्थिक अवस्था जटिल मोडमा रहेकोमा चिन्तित छौं : राष्ट्रपति 

काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेकोमा सबै जानकार र  चिन्तित रहेको बताएकी छन् । 

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्र समस्याग्रस्त हुँदै गएको र यसको समाधान खोज्नुपर्ने बताएकी हुन् ।

उनले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भएपनि त्यसको दीगोपनमा आश्वस्त हुन नसकिने बताइन् । उनले मौद्रीक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र वाह्य कारणसमेतले गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको जिकिर गरिन् । ‘कमजोर आर्थिक वृद्धिद्धर, बढ्दो दरको मुद्रास्फिती र बढ्दै गएको अन्तर्राष्ट्रिय व्यापार घाटाको स्थितीलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादनको क्षेत्रको सुधारमा गम्भीर बन्नुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन् । 

राष्ट्रपति भण्डारीले देशको राजनीतिले एउटा लय र गति समातिसकेकाले अबको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनमा केन्द्रीत हुनुपर्ने बताइन् । त्यसका लागि संविधानले मार्गदर्शन गरेबमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने दिशामा राज्यका सम्पूर्ण अंग र निकायहरुले संकल्प गरी कार्यान्वयनका लागि आफूलाई परिचालन गर्नुपर्ने बताइन् ।  

उनले संविधान जारी भएपटि देशको आर्थिक, सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएको पनि बताइन्। ‘विकास निर्माणले गति लिएको छ ।  तर, यो गती पर्याप्त छ त ? हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यी प्रश्नहरुलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।  

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्