कांग्रेसका प्रकाशबहादुर देउवा मन्त्री बन्दै
उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोनीयताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्ने जनाइएको छ।
धनगढी, माघ २७ : नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ।
आज (शुक्रबार) मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी गरेको हो।
उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोनीयताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्ने जनाइएको छ।
यसअघि नेकपा एकीकृत समाजवादीले बाजुराबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।
हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएपछि दुवै मन्त्रीले शपथ लिनेछन्।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1785310167.jpg)




-1785310167.jpg)

