संघीय संसदको संयुक्त बैठक सुरु, राष्ट्रपतिले सम्बोधन गर्दै
राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।
काठमाडाैं, माघ २७ : संघीय संसदको संयुक्त बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु गरेका हुन्।
संसद भवन नयाँ बानेश्वरमा आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्।
राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।
राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते चुनाव हुँदैछ।




-1785310167.jpg)




-1785310167.jpg)

