Kathmandu Press

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

डोटी, पुस २४ : दुई दिनदेखि मौसममा आएको परिवर्तनले हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

बिहीबार बिहान कर्णाली र सुदूरपश्चिमका उच्च ....

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

डोटी, पुस २४ : दुई दिनदेखि मौसममा आएको परिवर्तनले हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

बिहीबार बिहान कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो। बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको जनाएको छ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ। डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए।

‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ,’ उनले भने। हिमपातका कारण चिसो बढेको छ। स्थानीयवासी घर बाहिर निस्किन नसक्दा व्यापार व्यावसाय बन्द रहेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए।

 

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्