उद्योगी-व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक चिन्तित : अर्थमन्त्री पौडेल
शुक्रबार काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३औं साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुको समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहुलियतको योजना तय गरेको बताए।
काठमाडाैं, माघ २७ : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन्।
शुक्रबार काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुको समस्यालाई न्युनिकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सहुलियतको योजना तय गरेको बताए।
ऋणीहरुको समस्यालाई केही सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उहाले बताए।
त्यस्तै उहाले राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भएपनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको धारणा राखे।
अहिले मुलुकको आर्थिक अवस्थामा राम्रो नभएपनि आतिनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सवै मिलेर प्रतिकूलताका बेला धर्यताका साथ काम गर्नुपर्ने बताए। उनले वर्तमान सरकारले निजी क्षेत्रका समस्याहरुलाई सुनेर समाधानका लािग पहलकदमी लिने प्रतिबद्धता जनाए।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग व्यवसायीका लागि सरकारले उचित वातावरणका साथै आवश्यक निति निर्माण गर्नुपर्ने बताए। राज्यका तर्फबाट उद्योग सञ्चालनका लागि पोलिसी निर्माण नहुँदा अहिले समस्या देखिएको उनले बताए।




-1785310167.jpg)




-1785310167.jpg)

