Kathmandu Press

प्रणय दिवसमा महेश र अस्मिताकाे ‘जून टिपि दिऊँ कि’

भिडियोमा प्रेमिल जोडीका रूपमा महेश र अस्मिताले नै अभिनय गरेका छन्।
प्रणय दिवसमा महेश र अस्मिताकाे ‘जून टिपि दिऊँ कि’

काठमाडाैं, माघ २७ : प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्‍ताह चलिरहेका बेला गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले ‘जून टिपि दिऊँ कि’बोलको गीत सार्वजनिक गरेका छन्।

आज (शुक्रबार) महेश एन्ड मोर नामक युट्युबबाट सार्वजनिक गरिएको गीतमा गायक काफ्लेकै शब्द एवं संगीत छ। गीतको संगीत संयोजन भने रिकेश गुरुङले गरेका छन्। 

भिडियोको निर्देशन विवेक रसाइली गरेका छन्। भिडियोमा प्रेमिल जोडीका रूपमा महेश र अस्मिताले नै अभिनय गरेका छन्।

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्