सुदूरपश्चिम सरकारमा सहभागी हुँदै एकीकृत समाजवादी, नरेश शाही मन्त्री बन्ने
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।
काठमाडौं, माघ २७ : सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी हुने भएको छ । एमालेका राजेन्द्र सिंह रावल पदमुक्त भएपछि बिहीबार साँझ कांग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
नवनयिुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । केन्द्रमा पनि कांग्रेस र एकीकृत समाजवादीले सरकारलाई समर्थन दिएपनि विपक्षमा बसेका छन् ।
केन्द्रकै समिकरणअनुसार नै सुदूरपश्चिममा कांग्रेस र एकीकृत समाजवादी मिलेर सरकार गठन गर्नेछन् । एकीकृत समाजवादीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना विभागीय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् ।
नेपाली कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने एक सांसदले जानकारी दिए ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।




-1785310167.jpg)




-1785310167.jpg)

