महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन
शुक्रबार राति ७५ वर्षको उमेरमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
सुर्खेत, माघ २७ : दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ।
आज (शुक्रबार) बिहान ७५ वर्षको उमेरमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। स्रोतका अनुसार केही समययता अस्वस्थ उनलाई उच्च रक्तचापको समस्या थियो।
बिहीबार मुटुमा दुखाई बढेको बताएपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो। मेडिकलले अवस्था सामान्य भनेपछि सोही दिन राति नै उनलाई घर फर्काइएको थियो।
शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याउने क्रममा हृदयाघात भएको दैलेख प्रहरीको भनाइ छ। आज बिहान ११ बजेर ४० मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरएिको बताइएको छ।
गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए।
प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1785310167.jpg)




-1785310167.jpg)

