रास्वपालाई सरकारमा सहभागी हुन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह
बैठकमा समसामयिक राजनीतिक परिस्थिती, सरकारका कामकारबाही र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
काठमाडौं, माघ २७ : सत्तागठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी हुन आग्रह गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले रास्वपालाई सरकारमा आउन आग्रह गरेको हो ।
रास्वपाका सभापति रवि लामिछानेको संसद पद खारेज भएपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । सभापतिको सांसद पद खारेज भएपनि गृहमन्त्री रास्वपाले नै पाउनुपर्ने माग उनीहरुको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत नभएपछि रास्वपा सरकारबाट बाहिरिएका थियो । सरकारबाट बाहिरिएपनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ ।
शुक्रबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहितको आजको बैठकले रास्वपा सरकारमा सहभागी हुनुपर्ने विषयमा छलफल भएको बताइको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिती, सरकारका कामकारबाही र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनले राष्ट्रपतिका विषयमा भने छलफल नभएको बताए । र।ष्ट्रपति कुन दलले लिने भन्ने विषयमा पुस १० गते नै सहमति भइसकेका कारण यसमा थप छलफल गर्न आवश्यक नरहेको उनले बताए ।




-1785310167.jpg)




-1785310167.jpg)

