इराकको राजधानीस्थित ‘ग्रिन जोन’मा रकेट आक्रमण
काठमाडौं, पुस २४ : इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको २४ घन्टा नबित्दै रकेट आक्रमण भएको छ। इराकको राजधानी बगदास्थित &ls....

काठमाडौं, पुस २४ : इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको २४ घन्टा नबित्दै रकेट आक्रमण भएको छ। इराकको राजधानी बगदास्थित ‘ग्रिन जोन’मा रकेट आक्रमण भएको हो।
इराकी सञ्चारमाध्यमका अनुसार, राति ११ः४५ बजे आक्रमण भएको हो। दुइटा रकेट आक्रमण गरिएको जनाएको छ।
त्यसक्षेत्रमा विभिन्न देशका दूतावास रहेका छन्। राति रेकट आक्रमण भएपछि सुरक्षा साइरनहरू बजेको जनाएको छ। त्यो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपाइने गरेको छ।
अमेरिकी दूतावास नजिक रकेट झरेको जनाएको छ। रकेट आक्रमणमा कुनै मावनीय क्षति नभएको जनाएको छ। आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन।
अमेरिकी सैन्य अधिकारीहरुले ईरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ले आक्रमण गरेको जनाएका छन्। इराकस्थित हाशेद संगठनले अमेरिकाको विरोध गर्दै आएको छ।
यो संगठनले रेकट आक्रमण गर्दै आएको छ। इरान समर्थित संगठन पीएमएफका प्रवक्ताले यस अघि गरेको रकेट आक्रमणमा आफ्ना ६ जना लडाकुको मृत्यु भएको जनाएको छ। पीएमएफले आक्रमणका लागि इजरायलमाथि शंका गरेको थियो। पीएमएफ इराकी सुरक्षाबलमै सामिल रहेको छ।
बुधबार बिहान इरानले अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसमा कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले जनाएको छ।
अमेरिकी सेनाले इराकी सैन्य कमान्डर कसेम सोलेमानीलाई मारेको थियो। इराकको विमानस्थलबाट बाहिरिने क्रममा उनलाई मारिएपछि इरान प्रतिरोधमा उत्रिएको हो।











![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)