Kathmandu Press

नेपाली कांग्रेसको राष्ट्रपति हुनु आवश्यक छ : प्रवक्ता डा. महत

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए।
नेपाली कांग्रेसको राष्ट्रपति हुनु आवश्यक छ : प्रवक्ता डा. महत

काठमाडाैं, माघ २७ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए।

उनले भने, 'हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ। सकारात्मक प्रतिक्रियाहरू आएका छन्।' कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए। प्रवक्ता डा महतले थप्नुभयो, 'ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ।' 

कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो।

फरक प्रसंगमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वाकांक्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे। उनले भने, 'राजा चाहिन्छ भन्ने पनि छन्। चाहिँदैन भन्ने पनि छन्। यसले के अर्थ दिन्छ?'

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्