Kathmandu Press

इरान अमेरिकासँग पछि हट्दैन : राष्ट्रपति रौहानी

तेहरान, पुस २४ : इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ दिएको जनाउँदै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन्।

टेलिभिजनमा....

इरान अमेरिकासँग पछि हट्दैन : राष्ट्रपति रौहानी

तेहरान, पुस २४ : इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ दिएको जनाउँदै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन्।

टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा राष्ट्रपति रौहानीले, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ।’

अमेरिकाले अब बुद्धि पु¥याउने उनको भनाइ थियो। ‘उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही)लाई थप अघि बढाउने छैनन्,’ उनले भने।

आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेपछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो।

रूहानीले भने, ‘यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन। मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ।’

अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आएका छन्।

रौहानीले भने, ‘अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए। यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ। अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो।’

प्रकाशित मिति: १०:४५ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्