उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, रवि लामिछाने पनि सहभागी
आजको बैठक समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा केन्द्रीत रहनेछ।
काठमाडौं, माघ २७ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु उपस्थित छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित छन् ।
रास्वपा सरकारबाट फिर्ता भएपनि सरकारलाई दिएका समर्थन कायम राखेको छ ।
यसअघि हिजो बस्ने भनिएको संयन्त्रको बैठक स्थगित भएको थियो । बिहीबार संयन्त्रको बैठक रोकेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अोलीले छलफल गरेका थिए ।
आजको बैठक समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा केन्द्रीत रहनेछ।











-1785310167.jpg)