दाङकाे गोरखनाथ वैदिक गुरुकुलमा आगलागी
1676002122.jpg)
दाङ, माघ २७ : दाङको घोराहीस्थित गुरूकुलमा अागलागी भएकाे छ। शुक्रबार बिहान ४ बजे गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको हाे।
गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरी कार्यालय दाङले जनाएकाे छ।
आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिइएको थियाे।
आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् ।
प्रकाशित मिति: ०९:४८ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1785310167.jpg)