Kathmandu Press

स्थानीय सरकारद्वारा सुकुम्वासीका लागि घर निर्माण सुरू

चितवन, पुस २४ : चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्न थालेको छ।

इच्छाकामना गाँउपालिका–७ भालुम....

स्थानीय सरकारद्वारा सुकुम्वासीका लागि घर निर्माण सुरू

चितवन, पुस २४ : चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्न थालेको छ।

इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले घरको शिलान्यास गरेकी छन्।

सुकुम्बासीको घरको शिलान्यास गर्दै अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताइन्।
 
उनले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी  एकीकृत नमूना बस्ती बनाउन लागिएको बताइन्। ‘हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको हो,’ अध्यक्ष गुरुङले भनिन्।

इच्छामती–७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका र अन्य दलित र तामाङ समुदायका रहेको बताए।

वर्षौंदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरु गाउँपालिकाले घर बनाइदिने भएपछि खुशी भएका छन्। 

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्