Kathmandu Press

टर्की र सिरीयाकाे भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १९ हजार तीन सय भन्दा बढी

टर्की र सिरीयाकाे भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १९ हजार तीन सय भन्दा बढी

काठमाडाैं, माघ २७ : टर्की र सिरियामा साेमबार गएको विनाशकारी भूकम्पमा परी १९ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेको छ ।

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।

अत्यधिक चिसोका कारण चौथो दिनदेखि भग्नावशेसमा पुरिएकाहरूकाे खोजीमा समस्या भएकाे छ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्