Kathmandu Press

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडाैं, माघ २७ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान ९ बजे बस्ने भएको छ।

बिहीबार बोलाइएको बैठकमा नेताहरुको कार्यव्यस्तालाई देखाउँदै शुक्रबारसम्मका लागि सारिएकाे थियाे।

बिहीबार बैठक स्थगित भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो।

सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो।

संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्