Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री पदमा नियुक्त

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री पदमा नियुक्त

सुदूरपश्चिम, माघ २६ : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री पदमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका राजेन्द्र रावल अाजै पदमुक्त भएका थिए । तर विश्वासकाे मत लिने दिन नउपाका सांसद अनुपस्थित  भएपछि रावलले विश्वासकाे मत पाउन सकेनन। 

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । 

रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्