Kathmandu Press

शुक्रबारलाई बाेलाइयाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक 

शुक्रबारलाई बाेलाइयाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक 

काठमाडाैं, माघ २६ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएकाे छ। बिहीबार दिउँसाे ३ बजे बस्ने भनिएकाे बैठक स्थगित भएपछि शुक्रबारकाे लागि बैठक बाेलाइएकाे हाे।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार (भोलि) बिहान ९ बजे बैठक बस्ने जानकारी दिए ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ । यद्यपी उसले सरकारको समर्थन भने कायमै राखेको छ ।

सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरेपनि बैठक बस्न सकेको थिएन ।

रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्