सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने एमालेकाे निष्कर्ष
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले जनतामा बढ्न थालेको निराशा लगाएत मुलुकको चुनौती र समस्यालाई समाधान गर्नका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको हो।
काठमाडौं, माघ २६ : नेकपा एमालेले मुलुकको चूनौति र समस्यालाई समाधान गर्नका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले जनतामा बढ्न थालेको निराशा लगाएत मुलुकको चुनौती र समस्यालाई समाधान गर्नका लागि सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा बिश्लेषण भएको र पुस १० गते एमाले र माओवादीलगायत दल मिलेर बनेको नयाँ कोर्ष देशको हितमा रहेको र बिभिन्न चूनौति र समस्यामा बाबजुद सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने संकल्प गरेको बताए।
ज्ञवालीले अहिले रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा उपयुक्त वातावरण बनाएर सरकारमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए। बैठकले पार्टी सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने र उक्त अभियानको नाम मिसन ग्रास रुट राखिएको ज्ञवालीले बताए। अभियानअन्तर्गत पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई बिभिन्न पालिकामा खटाइने उनले बताए।
बैठकले प्रदेश नंवर १ को इन्चार्जमा राजेन्द्र गौतम, धुनुषा जिल्लाको इन्चार्जमा शिला यादव, अर्थयोजना बिभागको इन्चार्जमा डा बिन्दा पाण्डे र अपाङ्गता हेर्ने बिभागमा पार्वत गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ।











-1785310167.jpg)