Kathmandu Press

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

बिहीबार बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तालाई देखाउँदै शुक्रबारसम्मका लागि स्थगीत गरिएको हो।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

काठमाडाैं, माघ २६ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ।

बिहीबार बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तालाई देखाउँदै शुक्रबारसम्मका लागि स्थगीत गरिएको हो।

बैठक स्थगित भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने जानकारी दिए।

सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो।

संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्