Kathmandu Press

एमाले सचिवालय बैठकको निर्णय : प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम, घनश्याम भुसालको स्थानमा विन्दा पाण्डे 

पार्टीको रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा विन्दा पाण्डे चयन भएकी छन् ।
एमाले सचिवालय बैठकको निर्णय : प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम, घनश्याम भुसालको स्थानमा विन्दा पाण्डे 

काठमाडौं, माघ २६ : नेकपा एमालेले प्रदेश–१ इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य गौतमलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । 

यसअघिका इन्चार्ज देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भइसकेको कारण उनको स्थानमा एमालेले गौतमलाई पठाएका हुन् । त्यस्तै पार्टीको रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा विन्दा पाण्डे चयन भएकी छन् । यसअघिका प्रमुख घनश्याम भूसाललाई पार्टीले कारबाही गरेकाले उक्त स्थान रिक्त थियो ।

त्यस्तै अपांगता विभाग प्रमुखको इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । यसअघि इन्चार्ज रहेका बालकृष्ण ढुंगेलको निधन भएकाले उक्त पद रिक्त थियो ।

यसैगरी धनुषा जिल्ला इन्चार्जमा शीला यादव तोकिएकी छन् । यसअघि इन्चार्ज रहेका  रामचन्द्र मण्डल मधेश प्रदेशसभाको सभामुख चयन भइसकेकाले उक्त पद रिक्त थियो । 

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्