Kathmandu Press

नागरिक उन्मुक्ति पार्टीविना सुदूरपश्चिम प्रदेशको बैठक सुरु 

नागरिक उन्मुक्ति पार्टीविना सुदूरपश्चिम प्रदेशको बैठक सुरु 
फाइल तस्बिर

काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । 

बिहीबार ११ बजेका लागि तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएपनि ढिला गरी बैठक सुरु भएको हो । बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासका मतको प्रस्ताव राख्नेछन् । 

प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी भने बैठकमा सहभागी भएको छैन । बिहीबार अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेट्न काठमाडौं आएका थिए । उनीहरु अझैपनि काठमाडौंमै रहेको बताइएको छ । 

नागरिक उन्मुक्ति पार्टी संसदमा अनुपस्थित हुँदा मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना न्यून भएको छ । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्ती बनेका रावल सरकारमा रहिरहन २७ सांसदले विश्वासको मत दिनुपर्ने रहन्छ । तर, एमालेको १०, माअ‍ोवादीको १० र एक राप्रपा गरी २२ मात्रै पुग्छ । 

आज विश्वासको मत नपाए मुख्यमन्त्री रावल स्वतः पदमुक्त हुनेछन् । 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्