इराकमा रहेका शान्ति सेनालाई सतर्कता अपनाउन नेपाली सेनाको निर्देशन
काठमाडौं, पुस २३ : नेपाली सेनाले इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ।
अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानल....

काठमाडौं, पुस २३ : नेपाली सेनाले इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ।
अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशहरुमा मिसाइल आक्रमण हुन थालेपछि बुधबार नेपाली सेनाले शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिखएको हो।
नेपाली सेनाले इराकमा रहेका नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जनाएको छ। शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र मिसन सिरियामा तैनाथ नेपाली सेनाका युनिटलाई विशेष सुरक्षा अबलम्बन गर्न पनि निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, उनीहरुलाई परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन हेड क्वटर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हेर्नुस् विज्ञप्ति :












![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)