Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । 
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, माघ २६ :  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

बिहीबार प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । 

समसामयिक राजनीतिक परिवेश, राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न अ‍ोलीले प्रधानमन्त्रीलाई भेटेका हुन् । 

बुधबार प्रधानमन्त्री प्रचण्डले बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । छलफलपछि आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भए पनि आज साँझ परिसक्दा समेत बैठक बसेको छैन। 

बिहीबार नै प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्री गगनकुमार थापाले भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्