कांग्रेस महामन्त्री थापाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, माघ २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भेटवार्ता गरेका छन् ।
बिहीबार बालुवाटार पुगेर महामन्त्री थापाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका नेताहरुसँगको भेटघाट तीव्र बनाएको छ।
कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारले जित्ने दाबी गर्दै आइरहेको छ । यसका लागि उसले माओवादी केन्द्रको साथ खोजिरहेको छ । प्रधानमन्त्री प्रचण्ड पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
प्रकाशित मिति: १६:११ बजे, बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1785310167.jpg)