धोबीखोला करिडोरमा लुटपाट गर्न पुरूषकाे हत्या, एकजना पक्राउ
अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका रामबहादुर थापाले एक दिनअगाडि लुटपाट गरी पर्सा घर भइ टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको खुलेको प्रहरीले जनाएको हो।
काठमाडौं, माघ २६ : काठमाडौंको धोबीखोला करिडोरअन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका रामबहादुर थापाले एक दिनअगाडि लुटपाट गरी पर्सा घर भइ टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो।
पक्राउ परेका रामबहादुर थापाले बतीसपुतलीबाट ट्याक्सीमा राखी एकान्त स्थानमा लगी लुटपाट गर्दै कुटपिट गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए। सोही राति १० बजे पुनः थापा साइकल चढि उक्त स्थानमा पुगी दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसि क्यामेरा फुटेजबाट दखिएको कार्कीले बताए।
पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्यान लिएर ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











-1785310167.jpg)