Kathmandu Press

रवि लामिछानेको राहदानी छानबिनमा सरकारी वकिलको सक्रियता 

अमेरिकी नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गत माघ १३ गते भएको फैसला अनुरुप युवराज पौडेल (सफल) ले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए।
रवि लामिछानेको राहदानी छानबिनमा सरकारी वकिलको सक्रियता 

काठमाडौं, माघ २६ : जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी छानबिनका लागि परेको जाहेरीमा अनुसन्धान सुरु गरेको छ। 

उक्त जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले सरकारी निकायबाट कागजात मगाउँदै अनुसन्धान अघि बढाएको हो। सरकारी वकिल कार्यालय स्रोतले जनाएअनुसार जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबाट लामिछानेको नागरिकता र राहदानी सम्बद्ध विवरण झिकाइएको हो।

अमेरिकी नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गत माघ १३ गते भएको फैसला अनुरुप युवराज पौडेल (सफल) ले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेपछि पौडेल काठमाडौं सरकारी वकिल कार्यालय पुगेका हुन्। लामिछानेको नागरिकता विवादमा पौडेलले सर्वोच्चमा रिट निवेदन समेत दिएका थिए। 

सरकारी निकायबाट कागज प्रमाण संकलन भएपछि मात्र राहदानी ऐनअनुसार जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइने तयारी रहेको जनाइएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ मा भएको व्यवस्था अनुसार, प्रहरीले जाहेरी नलिए सरकारी वकिल कार्यालयमा दर्ता गर्न सकिने र कसुर स्थापित हुन सक्ने तथ्य प्रमाणको विद्यमानता देखिएमा बयान लिई अनुसन्धान अघि बढाउन निर्देशन दिने अधिकार प्रदान गरेको छ। 


 

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्