दुर्गा प्रसाईँसँग २० करोड घुस मागेको भन्ने आरोप मिथ्या र कपोलकल्पित : डा. गिरी
काठमाडौं, पुस २३ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग आफूले २० करोड रुपैया....

काठमाडौं, पुस २३ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग आफूले २० करोड रुपैयाँ घुस मागेको भन्ने आरोप झुठो भएको बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गरी प्रा. डा गिरीले बी एण्ड सी कलेका सञ्चालक प्रसाईँले आफूले घुस मागेको भनेर लगाएको आरोप मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय भएको बताए। उनले आफूले घुस मागेको भए त्यसको पुष्टि गर्न प्रसाईँलाई चुनौती पनि दिए।
‘मैले घुस मागेको भन्ने आरोप लगाइएको छ। त्यसको पुष्टि गर्न म चुनौती दिन्छु,’ उनले भनेका छन्,‘ मेरो चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित यस्ता समाचारको घोस भत्सर्ना गर्दछु र यसको कानूनी उपचारको बाटो अवलम्बन गर्ने छु।’
उनले आफू कसैलाई भेट्न द्वारिका होटलमा नगएको पनि दाबी गरे। ‘म कसैलाई भेट्न द्वारिका होटलमा गएको छैन,’ उनले भने। उनले आफूविरुद्ध लगाइएका आरोप झुठा, भ्रामक र कपोलकल्पित भएकाले कोही पनि भ्रममा नपर्न अनुरोध गरेका छन्।
यसअघि बुधबार बिहान बी एण्ड सीका सञ्चालक प्रसाईंले पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष डा. गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।
हेर्नुस् विज्ञप्ति :












![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)