माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भाेलि बस्ने
साँझ ५ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
काठमाडौं, माघ २६ : माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ। साँझ ५ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
जुम प्रविधिको प्रयोग गरी बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै विभिन्न निर्णयहरु अनुमोदन गरिने बताइएको छ।
हालै सम्पन्न स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारीको टुंगो लगाएको थियो। उक्त पूर्वसभामुख अग्निप्रसाद सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा मनोनयन गरेको छ।
यसअघि नेकपा माओवादी केन्द्रमा कृष्णबहादुर महरा मात्रै उपाध्यक्ष थिए। यो निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारी, स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागीय जिम्मेवारीको घोषणा गर्ने कार्यसूचीसमेत रहेको जनाइएको छ।
स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखिएको तीव्र विवाद समाधानका लागि अखिल क्रान्तिकारीको कार्यसमिति विघटन गरेर सम्मेलन आयोजक कमिटी गठन गर्नसमेत निर्देशन दिएको थियो।











-1785310167.jpg)