चलचित्र विकास बोर्ड सल्लाहकार समितिका संयोजक नीर शाहले दिए राजीनामा

काठमाडौं, माघ २६ : चलचित्र विकास बोर्डको सल्लाहका समितिका संयोजक नीर शाहले राजीनामा दिएका छन् । शाहसँगै समितिका सदस्य सुशान्तकुमार श्रेष्ठले बुधबार राजीनामा दिएका हुन् ।
बोर्डको सल्लाहकार समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै शाह र श्रेष्ठले बुधबार राजीनामा बुझाएका हुन् ।
यसअघि बोर्डकै अर्का सदस्य रविन्द्र खड्काले राजीनामा दिएका थिए। राजीनामा पत्रमा सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिएको उल्लेख छ ।
बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाह संयोजक रहने गरी सल्लाहकार समिति गठन गरेका थिए।
प्रकाशित मिति: ११:०१ बजे, बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












