Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री रावलकाे विश्वासकाे मत लिने तयारी, नउपाकाे साथ नरहे पदमुक्त हुने 

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलकाे विश्वासकाे मत लिने तयारी, नउपाकाे साथ नरहे पदमुक्त हुने 

सुदूरपश्चिम, माघ २६ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भएपछि मुख्लेयमन्त्री रावल संकटमा परेका छन। नउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नेछ ।

नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले साथ नदिएपछि मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्‍याउन सक्ने अ वस्था छैन। 

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।


एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ (४) अनुसार उनले विश्वासको मत लिने बिहीबार (आज) अन्तिम दिन हो ।

प्रकाशित मिति: ०९:३९ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्