Kathmandu Press

सप्तरीमा भारतीय समूहले चलायाे गाेली 

बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा २० ३० जनाकाे समूहले केही राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ। 
सप्तरीमा भारतीय समूहले चलायाे गाेली 

सप्तरी, माघ २५ : सप्तरीमा भारतीय समूहले अन्धा धुन्द गाेली चलाएकाे छ। 

बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा २० - ३० जनाकाे समूहले केही राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ। 

कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक भारतीय पुरूषलाई नियन्त्रणमा लिएका थिए। आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आइ केही राउन्ड गाेली फायर गरेका थिए।
 

प्रकाशित मिति: २०:२७ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्