Kathmandu Press

राप्रपाका पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन

राप्रपाका पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन

काठमाडाैं, माघ २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू रहेको समितिमा विधानबमोजिमका सबै पदेन सदस्यहरूलाई समावेश गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा,  केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्यमा छन भने आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र नेता ऋषिबाबु परियार हुन।

पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी बनाएर जनमुखी कार्य सञ्चालन गर्न केन्द्रीय नेतृत्वका साथै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका नेतालाई समन्वय तथा आवश्यक सुझाव र निर्देशन समितिले दिनेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई विधान समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पार्टीले आगामी फागुनको तेस्रो सातामा केन्द्रीय समितिको बैठक काठमाडौँमा बोलाएको छ ।

प्रकाशित मिति: २०:०० बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्