Kathmandu Press

टर्की भूकम्पमा परी सम्पर्कमा आएका २१ नेपाली सकुशल

टर्की भूकम्पमा परी सम्पर्कमा आएका २१ नेपाली सकुशल

काठमाडाैं, माघ २५ : टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली टर्कीसमेत हेर्दै आएकाे पाकिस्तानस्थित नेपाली दूतावासकाे सम्पर्कमा आएका छन।

दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल रहेका छन। दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा शहर पुगेका छन् । सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् ।

भूकम्पले गर्दा कतिपय स्थानमा सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ 

टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् ।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्