Kathmandu Press

अपहरणमा परेकाे नाटक गर्दै परिवारबाट रकम असुल गर्न खाेज्ने ६ जना पक्राउ

अपहरणमा परेकाे नाटक गर्दै परिवारबाट रकम असुल गर्न खाेज्ने ६ जना पक्राउ

काठमाडाैं, माघ २५ : आफू अपरहणमा परेकाे भन्दै रकम ठगी गर्न खाेजेकाे आराेपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापका विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया रहेका छन।

उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपैयाँ सापटी दिएका थिए । तर उनीहरुले पैसा तिर्न सकेका थिएनन् ।

मंगलबार विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आआफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन भनेका थिए । तर उनीहरुका पत्नीहरु पतिको अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।

एसपी राठौरका अनुसार प्रहरीले खोजी गर्दा उनीहरु पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसिरहेको फेला परेका थिए । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले जानकारी दिए ।

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्