Kathmandu Press

झापाकाे गौरीगञ्ज माविमा अध्ययनरत छात्रा मृत फेला, शिक्षकविरुद्ध प्रहरीमा जाहेरी 

झापाकाे गौरीगञ्ज माविमा अध्ययनरत छात्रा मृत फेला, शिक्षकविरुद्ध प्रहरीमा जाहेरी 

काठमाडौं, माघ २५ : झापाको गौरीगञ्जमा एक किशोरी मृत फेला परेकी छन् ।  जिल्लाको गौरिगञ्ज नगरपालिका–३ स्थित गौरिगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा मंगलबार साँझ करिब साढे ५ बजे आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

विद्यालयका शिक्षकले कुटपिट गरेपछि किशोरीले आत्महत्या गरेको उनका आफन्तहरुको दाबी छ । एक स्थानीयका अनुसार मंगलबार विद्यालयमा ती किशोरी एकजना किशोरसँग गफिँदै गरेको अवस्थामा विद्यालयका एक शिक्षकले देखेका थिए । ‘त्यसपछि किशोरीलाई ती शिक्षकले थप्पड हानेका रहेछन्, घर आएर उनले आत्महत्या गरेछिन्,’ ती स्थानीयले भने । 

गौरीगञ्ज नगरपालिका–३ का वडाध्यक्ष श्रवण गिरीले पनि छात्रा मृत भेटिएको पुष्टि गरे । उनले घटना के कारणले भएको भन्ने बारेमा आफू अनभिज्ञ रहेको बताए । ‘ के कारणले आत्महत्या गरिन् भन्ने विषयमा बुझिरहेको छु,’ उनले भने । 

किशोरी मृत फेला परेपछि उनका आफन्तहरुले विद्यालयका शिक्षकविरुद्ध प्रहरीमा उजुरी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: १८:३० बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्