Kathmandu Press

राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेका हुन्।
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

भाेजपुर, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेका हुन्।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरेका हुन्।

षडानन्द नगरपालिका–१ मझुवाबेंसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गर्नुभएको छ।

यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्