राष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र प्रधानन्यायाधीशविरुद्धको महाभियोग ६ महिनाभित्र टुंग्याउन प्रस्ताव

काठमाडौं, माघ २५ : प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ ।
समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।
सचिवालयले समितिमा मंगलरबार भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ ।
यो विषयमा भोलि बस्ने बैठकमा छलफल हुने नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

