Kathmandu Press

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

गौरीडाँडास्थित आधारशिलाका प्रमुख संरक्षक रहेका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशिला) स्थापना गरिएको स्मरण गरे। 
सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

महोत्तरी, माघ २५ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्। 

आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला ९कम्युन०को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको उल्लेख गरे।

'विकास, समृद्धि र सुशासन प्रवद्र्धन लहडको कुरा होइन, तसर्थ सरकार स्पष्ट नीति अख्तियार गरेर यी क्षेत्रका उपलब्धि हात पार्न प्रयत्नशील छ', नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने। आमरूपमा राजनीति क्षेत्रमा वैचारिक आन्दोलन स्खलित हुँदै गएर समाज रुपान्तरणको आन्दोलन भुत्ते भएको गुनासो बढेका बेला अहिले ठोस उपलब्धि हासिल गर्ने काम कुरालाई चुनौतीका रूपमा लिँदै सरकार अघि बढेको श्रेष्ठको भनाइ छ।

गौरीडाँडास्थित आधारशिलाका प्रमुख संरक्षक रहेका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशिला) स्थापना गरिएको स्मरण गरे। 

'त्यतिखेर वाम–प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार, जेलनेल भोगेर दुःख पाएका कार्यकर्ताका परिवारजन, वैचारिक आन्दोलनको नेतृत्वकर्ता पार्टीका पूर्णकालीन कार्यकर्ताका परिवारलाई शिक्षा, स्वास्थ्य, भोजन र आवासजस्ता प्राथमिक आवश्यकता हेर्दै अघि बढ्ने सोचेका थियौँ', आधारशीला स्थापनाको पृष्ठभूमि स्पष्ट पार्दै श्रेष्ठले भने, 'सामूहिक जीवन पद्धतिमा आफूलाई ढाल्ने र निजी सम्पत्तिको मोह त्याग गर्ने सोचका साथ गठित यो संस्था समाजमा अनुकरणीय बन्न सके बढ्दो भ्रष्टीकरण न्यूनीकरणमा साथ सहयोग पुग्नेछ।'

आधारशीलाले मुख्यतः यही वैचारिक फाँटको काम हेरिदेओस् भन्ने आफ्नो अपेक्षा रहेको श्रेष्ठले उल्लेख गरे। 'अहिले वैचारिक क्षेत्रका काममा चुनौती छन्, समाज उपभोक्तावादको सिकार हुँदो देखिँदो छ, म÷मेरो÷मलाई भन्ने व्यक्ति स्वार्थ मौलाउँदै गएको देखिन्छ', श्रेष्ठले भने, 'यस्तै बेला क्रान्तिकारी र परिवर्तकारीहरूले वैचारिक कामको नेतृत्व लिनपर्छ, आधारशीलाले यसको नेतृत्व गरोस् भन्ने म चाहान्छु।'

अहिले पूर्वमन्त्री गिरिराजमणि पोखरेलसहित १६ परिवार एकसाथ बसोबास गरिरहेका कम्युन ९आधारशीला० मा प्रवेशकै लागि क्रान्तिनिष्ठ हुनपर्ने, निजी सम्पत्ति त्याग गर्न सक्ने, माक्र्सवादी शिक्षाको प्रसारका लागि वैचारिक काममा सङ्गठित जिम्मेवारी लिने, सामूहिक श्रम गर्न उद्यत हुने र आचरण तथा चरित्रमा समाजवादी संस्कृतिलाई आत्मसाथ गर्नसक्ने प्रारम्भिक प्रतिबद्धता आवश्यक रहेको समारोहमा स्पष्ट पारिएको थियो।
 
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा आधारशीला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै आधारशीला सामूहिक परिवारको एउटा अनुकरणीय उदाहरण रहेको बताए।

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्