Kathmandu Press

राजपाका केन्द्रीय सदस्य यादव सर्लाहीबाट पक्राउ

सर्लाही, पुस २३ : राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन्।

उनलाई बुधबार सर्लाहीको हरिपुर नगरपालिका....

राजपाका केन्द्रीय सदस्य यादव सर्लाहीबाट पक्राउ

सर्लाही, पुस २३ : राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन्।

उनलाई बुधबार सर्लाहीको हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्लाहीको बरहथवाका यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनलाई मिटरब्याजमा ऋण लगाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रजितसिंह राठौरले सार्वजनिक अपराध गरेको कसुरमा पक्राउ गरिएको बताए।

उनीविरुद्ध उजुरी परेको छैन। जसले गर्दा सार्वजनिक अपराधमा पक्राउ गरिएको छ। अब पीडितबाट उजुरी आएपछि ठगी मुद्दा चलाइने भएको छ।

उनले एक सय जनालाई ऋण दिएर ठगेको आरोप छ। पीडितहरु केही दिन अघि काठमाडौं गएका छन्। उनीहरुले शीर्ष नेता र मन्त्रीलाई भेटेर न्यायका लागि गुहारेका थिए।

 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्