Kathmandu Press

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन्। 
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

भोजपुर, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छन्। 

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन्। 

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नेछिन्।

साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चना गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्नेछन्। १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता थिइन्।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेंसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण गर्नाका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगरप्रमुख सुरेन्द्र उदासले जानकारी दिए। 

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नेछन्।

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्