Kathmandu Press

भाेलि बस्ने भनिएकाे कांग्रेस संसदीय दलको बैठक स्थगित

पार्टी संसदीय दल कार्यसमितिको यही माघ २२ गते बसेको बैठकले माघ २६ गतेका लागि बैठक बोलाउने निर्णय गरेको थियो।
भाेलि बस्ने भनिएकाे कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं, माघ २५ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।

भोलि (बिहीबार) का लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

पार्टी संसदीय दल कार्यसमितिको यही माघ २२ गते बसेको बैठकले माघ २६ गतेका लागि बैठक बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्