राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।
काठमाडौं, माघ २५ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।
दसाैदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन्। त्यस्तै कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
निर्वाचनमा ३०४ मत खसेको थियो। लुम्बिनी प्रदेशसभाका सबै ८७ सांसद, स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरे।
गत असोज २३ गते एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन गराइएको हो।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

