Kathmandu Press

उपाध्यक्ष उर्मिला अर्यालले त्यागिन् माओवादीको सदस्यता

राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुअघि उनी माओवादी केन्द्रको स्थायी कमिटी सदस्य थिइन्।
उपाध्यक्ष उर्मिला अर्यालले त्यागिन् माओवादीको सदस्यता

काठमाडौं, माघ २५ : राष्ट्रियसभाको उपाध्यक्ष उर्मिला अर्यालले माओवादी केन्द्रको पद तथा सदस्यता त्यागेकी छन्।

राष्ट्रियसभाको उपाध्यक्ष बनेसँगै उनले उपाध्यक्ष पदको मर्यादाअनुरूप पार्टीगत आबद्धताबाट राजीनामा दिएकी हुन्। राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुअघि उनी माओवादी केन्द्रको स्थायी कमिटी सदस्य थिइन्।

बुधबार विज्ञप्ति जारी गरेर उपाध्यक्ष पदको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको उनले बताएकी छन्। 

‘राष्ट्रियसभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल माओवादी केन्द्रको सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्