सकियो राष्ट्रियसभा उपनिर्वाचन, आजै मतपरिणाम आउने
दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा एकजनाबाहेक सबैले मतदान गरेको जनाइएको छ।
दाङ, माघ २५ : लुम्बिनीमा आज (बुधबार) भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ।
दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा एकजनाबाहेक सबैले मतदान गरेको जनाइएको छ।
प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। अनुपस्थित हुनेमा रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह हुन्। उनी स्वास्थ्य उपचारका क्रममा भारतमा रहेकाले उपस्थित हुन नसकेकी हुन्।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दिउँसो साढे १ बजेसम्म ३०४ जनाले नै मतदान गरिसकेका थिए। लुम्बिनी प्रदेशसभाका सबै ८७ सांसद, स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरे।
गत असोज २३ गते एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन गराइएको हो।
राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्।
कर्मचारी मिलन केन्द्रको हलमा केहीबेरमा मतगणना सुरू हुने र एक घन्टा भित्रमै परिणाम आउने सूचना अधिकारी कुँवरले जानकारी दिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

