Kathmandu Press

विप्लव नेकपाले फागुन ५ र १५ गते महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

आज (बुधबार) काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महँगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन्।
विप्लव नेकपाले फागुन ५ र १५ गते महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, माघ २५ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन ५ र १५ गते महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।

आज (बुधबार) काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महँगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन्।

उनले बैठकले जन आधारित पार्टी र जन आधारित नेता–कार्यकर्ता भन्ने नीति पारित गरेको पनि बताए। जनताको सुखदुःखमा पार्टीले साथ दिने उनले बताए। उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि जानकारी दिए।

उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीका साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको पनि बताए। 

एमसिसी, एनसिएल, एसपिपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गरिनेछ। राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्नुपर्ने माग पनि पार्टीले गरेको बताए।

उनले ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण मुद्दाहरू खारेज गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्